बलिउड अभिनेता रणधीर कपुर अस्पताल भर्ना

२ बर्ष अगाडि

बलिउड अभिनेता रणधीर कपुर अस्पताल भर्ना भएका छन् । स्रोतका अनुसार कोरोना संक्रमित ७४ वर्षका रणधीर लाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना  गरीएको भारतीय संञ्चार माध्यमले जनाएका  छन् । उनको स्थितिबारे खासै केही जानकारी छैन । कपुर परिवार आजकाल दिवंगत राजीव कपुर (रणधीरका कान्छा भाइ) को सम्पत्त विवादको विषयमा पनि चर्चामा छ । 

शोम्यानको नामले चर्चित राजकपुरका पाँच सन्तामध्ये तीनको निधन पछिल्लो १६ महिनामा भइसकेको छ । तीन दाजुभाइमध्ये रणधीर मात्रै बाँकी छन् । उनका माहिलो भाइ ऋषि कपुरको निधन सन् २०२० मा अप्रिल ३० मा भएको थियो । 

९ फेब्रुअरी २०२१ मा हृदयघातका कारण कान्छा भाइ राजीवको निधन भएको थियो । बहिनीहरुको कुरा गर्दा रिमा जैन मात्रै बाँकी छिन् । एक बहिनी रितु नन्दाको निधन १४ जनवरी २०२० मा दिल्लीमा भएको थियो । उनी क्यान्सरद्वारा पीडित थिइन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया