अभिनेत्री साम्राज्ञीले सुरु गरिन अनलाइन क्लोथिङ स्टोर

२ बर्ष अगाडि

काठमाडौं- राम्रो ‘ड्रेस सेन्स’ भएकी अभिनेत्रीको रुपमा चिनिने साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् । ‘प्याप’ (प्याप्ड) नाममा खोलिएको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाले लगाउने पहिरन मात्र पाइन्छ । साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् ‘प्याप’ स्टोरमा उपलब्ध पहिरनमा फोटोसुट गरेका तस्विरहरु सार्वजनिक गर्दै आएकी छन् । 
 
पछिल्लो पटक फिल्म ‘रातो टिका निधारमा’ देखिएकी साम्राज्ञीले लकडाउनपछि फिल्म ‘तिम्रो मेरो साथ’ मा काम गरेकी थिइन् । यसमा उनको जोडी अभिनेता पुष्प खड्कासँँग बाँधिएको छ । उनले लकडाउनको समयमा निर्देशक द्वय प्रवेश पौडेल र मिलन चाम्सको फिल्म पनि साइन गरेकी थिइन् । तर, कोरोनाको दोस्रो लहर सुरु भएकाले यी फिल्मको छायांकन अन्योलमा परेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया