हेटौँडा अस्पतालमा ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु

बैशाख १७, २०७८ | आजको अर्थ
ajaako_artha

हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका हुन् । 

यसैगरी मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित कोभिड–१९ सङ्क्रमित बिरामीहरुका लागि स्थापना गरिएको क्वारेन्टिन कक्षको पनि आज स्थलगत अनुगमन गर्नुभयो । सो कक्षमा १२० शैय्या रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

सो अवसरमा मुख्यमन्त्री पौडेलले कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई तत्काल उपचार गर्न आइसीयु, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ उपलब्ध गराउने बताए । उनले उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन चिकित्सकलाई निर्देशन दिए।

प्रतिष्ठानले हेटौँडा अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हेटौँडा अस्पतालका डा सागर काफ्लेले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८