प्रियंका र निकले भारतका लागि जुटाए  साढे २ करोड सहयोग

२ बर्ष अगाडि

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका लागि मद्दत मागेका छन । यो अभियान सुरु गरेको २४ घन्टामा २ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।
 
प्रियंकाले सोसल मिडियाको माध्यमबाट यो मुश्किल समयमा मद्दत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।  
 
प्रियंकाले आफूलाई सामाजिक सञ्जालमा पछ्याउने (फलोअर्स) लाई अपिल गर्दै अगाडि लेखेकी छन्, ‘इन्स्टाग्राममा मेरो ६३ फलोअर्स छ । एक लाखले १० डलर सहयोग गरे पनि एक मिलियन डलर हुन्छ, जुन एक ठूलो राशी हो ।’ जम्मा भएको सम्पूर्ण रकम भारतमा कोभिड केयर सेन्टर, आइसोलेशन सेन्टर र अक्सिजन जनरेशन प्लान्ट्स बनाउन खर्च गरिने उनले बताएकी छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया