साउथ इन्डियन सुपर स्टार अल्लु अर्जुनलाई कोरोना संक्रमण भएको छ । आफुलाई कोरोना संक्रमण भएको बारे अर्जुनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गर्दै जानकारी गराएका छन्।
उनले लेखेका छन् 'सबैलाई नमस्कार । मेरो कोरोना परिक्षण पोजेटिभ आएको छ । मैले आफुलाई अलग्गै राखेको छु । म उनीहरु संग यो अनुरोध गर्दछु कि जो मेरो सम्पर्कमा आएका छन् आफ्नो ख्याल गर्दै कोरोना परिक्षण गराउनु होला '।
अहिले उनले आफुलाई क्वारेण्टिनमा राखेका छन् ।
प्रतिक्रिया