किन बोलायो  एमालेले आकस्मिक बैठक

२ बर्ष अगाडि

नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । आइतबार मध्यान्ह आकस्मिक बसेको स्थायी समिति बैठकले कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको नेता सुवास नेम्वाङले  जानकारी दिए ।

उनले भने, ‘बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गर्यो । आफ्नो पार्टी पङ्क्तिलाई पनि अझ बढी क्रियाशील भएर कोरोना नियन्त्रण अभियानमा संलग्न हुन आह्वान गरेको छ ।’

बैठकमा लुम्बिनी प्रदेश लगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई जानकारी गराएको उनले बताए । प्रधानमन्त्री शीतल निवास गाएकोबारे भने आफूलाई जानकारी नभएको नेम्वाङले बताए ।

२ बर्ष अगाडि

प्रतिक्रिया