विश्वमा कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशको तेस्रो स्थानमा भारत, पहिलो कुन ?

२ बर्ष अगाडि

एजेन्सी - सबैभन्दा धेरै मृत्यु भएको देशमा भारतले मेक्सिकोलाई पछि पार्दै तेस्रो नम्बरमा आएको छ । त्यहाँ हालसम्म २ लाख १८ हजार ९४५ मानिसहरूको मृत्यु भएको छ । 

यसमा अमेरिका पहिलो स्थानमा छ । त्यहाँ ५।९२ लाख र ब्राजिलमा ४.०७ लाखको मृत्यु भइसकेको छ । चौथो स्थानमा पुगेको मेक्सिकोमा हालसम्म २.१७ लाखको मृत्यु भएको छ ।

भारतको कोरोना बिरामीको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ । अर्थात्, आज यो आँकडा २ करोड पार हुनेछ । भारत यस्तो देश हुनेछ जहाँ दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अमेरिकामा सबैभन्दा धेरै ३.३८ करोड मानिस संक्रमित भइसकेका छन् ।

पछिल्ला दुई दिनदेखि नयाँ बिरामीको आँकडामा गिरावट देखिएको छ । आइतबार भारतमा ३ लाख ६९ हजार ९४२ बिरामी भेटिएका छन् । २ लाख ९९ हजार ८ सय मानिस निको भएका छन् । 

शुक्रबार भारतमा रेकर्ड स्तरको ४ लाख २ हजार १४ जना संक्रमित पाइएका थिए जुन शनिबार घटेर ३ लाख ९२ हजार ४५९ भएको थियो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया