अपि पावरले पायो दोस्रो चरणको हकप्रद सेयर निष्कासन गर्ने अनुमति

२ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । 

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न गत फागुन ९ गते, आइतबार सेबोनमा निवेदन पेश गरेकोमा सेबोनबाट हिजो (वैशाख १९ गते, आइतबार) अनुमति पाएको हो ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया