देशका अति प्रभावित ४१ जिल्लामा निषेधाज्ञा,कुन जिल्लामा कहिलेसम्म ?(सूचीसहित)

२ बर्ष अगाडि

काठमाडौं- कोरोना महामारी रोक्न कोरोना भाइरस संक्रमण तीब्र बन्दै गएपछि सरकारले अति प्रभावित ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू गरेको छ। तीमध्ये ३० जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो। जिल्लाभर निषेधाज्ञा लागु गरिएका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत, बाँके, कास्की र कैलाली छन्।

यसैगरि पर्सा, दाङ, कन्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापामा पनि जिल्लाभर निषेधाज्ञा छ। गुल्मी, प्युठान, उदयपुर, कपिलबस्तु, बझाङ, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा  पनि जिल्लाव्यापी निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। यी सबै जिल्लाले एक साताका लागि निषेधाज्ञा लागु गरेका हुन्।

ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालिकोट,मकवानपुर, बाजुरा, गोरखा, काभ्रपलाचोन्क, मोरङ, दार्चुला र बाग्लुङमा भने आंशिक निषेधाज्ञा रहेको छ।

हेर्नुहोस सूचीसहित :


२ बर्ष अगाडि

प्रतिक्रिया