टेकु अस्पतालले माग्यो ८ मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मी, आवेदन कहिले सम्म ?

२ बर्ष अगाडि

काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीको माग गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर बढिरहेका बेला अस्पतालले महामारीसँग जुध्न आठ मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मीका लागि मंगलबार विज्ञापन खोलेको हो ।

अस्पतालले २० स्टाफ नर्स, एकजना रेडियोग्राफर र चार जना अ‍ेल्थ असिस्टेन्ट मागेको छ । योग्य उम्मेदवारले २३ वैशाखभित्र आवेदन दिनुपर्नेछ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया