अब नेपाली श्रमिक इजरायल जान पाउने

२ बर्ष अगाडि

सरकारले इजरायलमा केयरगिभर का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । 

इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ुनिर्देशिका २०७८ु इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । 

तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो । 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया