भारतमा एकैदिन ३ लाख ५५ हजारमा कोरोना पुष्टि,  मृत्यु हुनेको संख्या दुई लाख २२ हजार नाघ्यो

२ बर्ष अगाडि

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८३२ कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या दुई करोड दुई लाख ७५ हजार ५४३ पुगेको छ ।

कोरोनाको केन्द्र रहेका महाराष्ट्र, दिल्ली र केरलामा संक्रमितको संख्या घटेसँगै कमि आएको हो । अघिल्लो दिन चार लाख संक्रमित थपिएका थिए ।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा तीन हजार ४३८ जनाको मृत्यु भएको छ ।

अघिल्लो दिन तीन हजार ४४२ जनाको मृत्यु भएको थियो । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख २२ हजार ३८३ पुगेको छ ।

पछिल्लो केही सातामा संक्रमितको संख्या अत्यधिक बढ्दै आएको छ । पछिल्लो १५ दिनमै ५० लाख संक्रमित थपिएका छन् । योसँगै आज संक्रमितको संख्या दुई करोड नाघेको हो । 

भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ५२ हजार ४५७ रहेको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया