औषधि विभागद्वारा १ लाख ३० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति

२ बर्ष अगाडि

औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ । कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुग्ने औषधि विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने उनले बताए । 

कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिका कालोबजारी बढ्नुका साथै माग ह्वात्तै बढेको छ । यद्यपि, रेम्डेसिभिर औषधिको माग बढेपछि संक्रमित बिरामीमा खासै सकारात्मक प्रभाव नपारेको अध्ययनहरुले देखाएको छ ।

यस्तै बुधबार पनि ४ हजार भाइल रेम्डेसिभिर औषधि नेपाल आइपुग्ने प्रवक्ता केसीले बताए । विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न अनुमति दिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया