सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठानलाई ५ लाख सहयोग

बैशाख २१, २०७८ | आजको अर्थ
ajaako_artha

सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

नेपालको विद्यार्थीहरूबाट नेपालमै  निर्मित पहिलो स्याटेलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष ‘नेपाली स्याट–२’ को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा। आभास मास्केले ‘ड्रिम प्रोजेक्टको’ रुपमा नेतृत्व गर्दै आएका छन् । 

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘नेपाली स्याट–२ विद्यालय’ नामक स्याटेलाइट निर्माणका लागि एउटा टिम निर्माण गर्ने जनाएका छन् । 


जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘नेपाली स्याट–२’ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको जनाएको छ । 

देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा।आभास मास्केलाई सो रकम उपलब्ध गराइएको बैंकले जनाएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा। मास्केले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८