तेस्रो घण्टा : उकालो यात्रामा नेप्से, एनसीसी बैंकको सर्वाधिक कारोबार

२ बर्ष अगाडि

काठमाडौं- मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक  २.२७ अंकले बढेर २६५५.०२ विन्दुमा पुगेको छ । 

तीन घण्टामा नेप्सेमा २११ ओटा कम्पनीकोे रू. ३ अर्ब ७४ करोड ८ लाख १८ हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ  ।

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.१७ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.३६९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अरुण कावेली पावर कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३५५ मा रू. १५ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया