काठमाडौं-साताको तेस्रो कारोबार दिन ८ ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।
यो दिन सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९.९९, राधी विद्युत् कम्पनीको ९.९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.८२ प्रतिशत,युनाइटेड मोदी हाइड्रोपावरको ९.७३ प्रतिशत र रुरु जलविद्युत् परियोजनाको ९.६४ प्रतिशत र सपोर्ट माइकोफाइनान्सको ९.९८ प्रतिशतका दरले वृद्धि भएको हो ।
ती ८ ओटै कम्पनीको शेयर मूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ६०५, महिला लघुवित्तको रू. ४ हजार १५८,बिशाल बजार कम्पनीको रू. ६ हजार ७८४ पुगेको छ ।
प्रतिक्रिया