नेपाल टेलिकमल ल्यायो ४ वटा आकर्षक डाटा र भ्बाइस प्याक !

२ बर्ष अगाडि

नेपाल टेलिकमले ग्राहकहरुका लागि विभिन्न आकर्षक डाटा प्याकका सुविधाहरु ल्याएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै टेलिकमले प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने गरी सुविधाहरु ल्याएको हो ।

टेलिकमका सुविधाहरु यस्ता छन् ः

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र  प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ । यो अफर लिनका लागि मोबाइलमा *1415*1*8*2#  डायल गर्नु पर्नेछ  । 

२. ७ दिनका लागि १.५ जीबी प्याक – ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्ने प्याक ल्याएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु.९५।– मा उपलब्ध गरेको छ । यो प्याक लिनका लागि मोबाइलमा *1415*1*1*4#  डायल गर्नु पर्नेछ । 

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक – २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि मोबाइलमा *1415*8*2#  डायल गर्नु पर्नेछ ।  

४. ५०० एमबी पर डे डाटा प्याक – जम्मा रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गरेको छ । यो प्याक लिनका लागि मोबाइलमा *1415*1*9*3#  डायल गर्नु पर्नेछ  । 

ग्राहकले *1415#  डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्नेछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिन्छ । 

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया