कोरोनाको तेस्रो लहरको चेतावनी !

२ बर्ष अगाडि

एजेन्सी - भारतमा कोरोनाको दोस्रो लहरले नयाँ रेकर्ड बनाइरहेको छ । साथै त्यहाँको जनजीवन पनि अस्तव्यस्त बनेको छ । यसै बेला त्यहाँका वैज्ञानिकहरूले तेस्रो लहरको चेतावनी दिएका छन् ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के. विजय राघवनले कोरोनाको तेस्रो लहर आउन तय रहेको टिप्पणी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गरेको प्रेस कन्फेरेन्समा विजय राघवनले तेस्रो लहर कहिले आउँछ भन्ने अहिले भन्न नसकिएपनि हामी कोरोना प्रोटोकललाई जारी राख्दै यसको लागि तयार रहनुपर्ने बताएका छन् ।

उनले भारतीय वैज्ञानिकहरू नयाँ भेरियन्टमा अहिले अब कसरी बदलिन सक्छ भनेर अनुसन्धान गरिरहेको बताउँदै अनुसन्धानको नतिजा अनुसार तयार रहनुपर्ने बताए । 

उनले यस अघि कोरोनाको पहिलो लहरपछि दोस्रो लहर आएपछि यसलाई रोक्ने उपाय पुरानै भएका कारणले अहिले भयावहको अवस्था आएको बताए ।

उनले नयाँ भेरियन्टलाई हल्कामा लिदा अहिलेको अवस्था आएको बताउँदै पहिलो लहरबाट धेरै मानिसमा इम्युनिटी नआएको देखिएको बताए । 

२ बर्ष अगाडि

प्रतिक्रिया