११ सय रुपैयाँमै 'स्पुतनिक लाइट' कोरोना खोप, एक डोज लगाए हुने !

२ बर्ष अगाडि

रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् ।  यो खोप मस्कोस्थित गामलिया रिसर्च इन्स्टिच्युटले बनाएको हो, यसअघि यही इन्स्टिच्युटले स्पुतनिक भी नामक खोप बनाएको थियो । विश्वका ६० देशमा यसको प्रयोग भइरहेको छ । रुसले यो खोपलाई कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोपका रुपमा प्रचार गरिरहेको छ । 

भारतले स्पुतनिक खोपलाई अनुमति दिइसकेको छ र १ मेदेखि यसको पहिलो डोज भारतमा आइसकेको छ । त्यसैले, नयाँ सिंगल डोजको लाइट खोपलाई पनि भारतले चाँडै अनुमति दिने अनुमान गरिएको छ ।  स्पुतनिक भी जसरी नै स्पुतनिक लाईटलाई पनि रसियन डाइरेक्ट इनभेस्टमेन्ट फन्डले लगानी गरेको छ । यस कम्पनीका सिइओ किरिल दिमिट्रियवका अनुसार यस खोपको मूल्य १० डलर (झन्डै ११८० रुपैयाँ)  पर्नेछ । 

यस खोपको फेज ३ ट्रायलमा ७ हजार मानिस समावेश भएका छन् । घाना, रुस र युएईमा ट्रायल चलेको थियो । २८९ दिनपछि यसको डाटा एनालाईज गरियो । जसअनुसार यो खोप कोरोनाका सबै नयाँ स्ट्रेनमा असरदार रहेको पाइयो । डाटाले देखाएअनुसार अन्य दुई डोजका धेरै खोपभन्दा यो धेरै असरदार छ । यसको समग्र प्रभावकारिता ७९ दशमलव ४ प्रतिशत छ । खोप लगाएका १ सय प्रतिशत मानिसमा १० दिनपछि एन्टिडबडिज ४० गुणासम्म बढ्यो ।

खोप लगाएका सबै मानिसमा कोरोना भाइरसको एस प्रोटिन विरुद्ध प्रतिरोध प्रतिक्रिया विकास भयो । यस खोप एकै डोजको भएकाले धेरै जनसंख्या भएका देशमा खोप लगाउने दर बढाउन सकिनेछ । 

स्पुतनिक लाईटलाई २ देखि ८ डिग्री तापक्रममा भण्डारकण गर्न सकिन्छ । अर्थात्, यसको ओसार पसार गर्न सहज छ । पहिल्यै कोरोना भइसकेका व्यक्तिमा पनि यसले प्रभावकारी काम गर्छ । खोप लगाइसकेपछि कोरोनाको गम्भीर असरको खतरा कम हुनेछ, प्रायःजसो मामिलामा बिरामीलाई अस्पताल भर्ना गर्नु जरुरी हुनेछैन । 

२ बर्ष अगाडि

प्रतिक्रिया