टाटा मोटर्सले बढायो गाडीको मूल्य, मे ७ भन्दा अगाडि बुक गरेकाले पुरानै मूल्यमा पाउने

२ बर्ष अगाडि

टाटा मोटर्सले गाडीको मूल्य बढाएको छ  । भारतीय कम्पनी टाटाले आजबाट लागु हुने गरि यात्रुबाहक सवारीसाधनको मूल्य बढाउने घोषणा गरेको हो ।

मोडल र भेरियन्ट अनुसार मूल्य वृद्धि दर केहि तलमाथि रहेपनि औसतमा १.८ प्रतिशतले मूल्य बढाईएको कम्पनीले जनाएको छ । 

स्टिल लगायतका कच्चा पदार्थको मूल्य बढेसंगै सवारीको मूल्य बढाउनु परेको कम्पनीले उल्लेख गरेको छ । 

मे ७ भन्दा अगाडी गाडी बुक गरेकाहरुले भने पुरानै मूल्यमा खरिद गर्न सक्ने छन् भने मे ८ पछि गाडी बुक गर्दा भने बढेको मूल्य तिर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीले कमर्शियल भेईकलुको मूल्य भने गत जनवरी मै बढाएको थियो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया