लुक्लामा उडान हुने

२ बर्ष अगाडि

काठमाडौं - सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले उडान अनुमति पाएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा गएका पर्यटकलाई फर्काउन आरोहणको अनुमति पाएको होे । 

आरोहण सिजन भएकाले हजारौँको संख्यामा रहेका आरोही तथा तिनका सहयोगीलाई फर्कनका लागि लुक्लामा उडानको अनुमति दिइएको छ ।

आरोहणको उचित समयको पर्खाइमा आधारशिविरमा अहिले रहेका आरोही तथा सहयोगीहरूलाई असहज अवस्थामा उद्धार गर्न तथा  आरोहणबाट फर्कनेहरूलाई काठमाडौं लैजानुपर्ने भएकाले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ  ।

नेपाल वायुसेवा कम्पनीले आपत्कालीन अवस्थामा काठमाडौंबाहेक बाहिरका लुक्लाको तेन्जिङ हिलारी, पोखरा, नेपालगन्ज र सुर्खेत नागरिक उड्डयन कार्यालय गरी थप चार विमानस्थल कार्यालयबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको हो ।

यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो । त्यस अवस्थामा वायुसेवा कम्पनीहरूले अब लुक्लास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाटै उडान अनुमति लिएर पर्यटकको उद्धार गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया