जापानमा बसेर नेपालको चिन्ताः नेपालमा अक्सिजन अभाव कि सिललिण्डर ?

२ बर्ष अगाडि

- नारायण पोखरेल /टाेकियाे
सबैलाई नमस्कार , आराम हुनुहुन्छ भनौँ कि कोरोनाको कुनै लक्षण त छैन ? भनेर सोधौ दोधारमा छु किनकि समय यस्तै आयको छ । हिजो बिरामी हुँदा भेट्न जाने चलन थियो । आज बिरामी हुँदा टाढिने जमाना आयो । 

गाउँपालिका अध्यक्षलाई परदेशीको चिठ्ठी पछि म तपाईँमाझ फेरि पनि जानकारीमूलक लेख लिएर आएको छु । आश्चर्य लाग्छ । हजुरबुबा हजुर आमाले बारम्बार भन्ने वाक्य "कलियुग हो उल्टो हुन्छ" आजकल यही कुरा मानसपटलमा घुमिरहन्छ । कोरोनाका कारण अकाल मै आफन्त गुमाउने म जस्ता लाई यो कुरा त झन प्रमाण प्राप्त भएको छ ।  यतिबेला नेपालमा अस्पताल बिरामीले भरिभराउ छन । सजिलै उपचार पाउन सकिने स्थिति छैन  । स्वास्थ्य क्षेत्रले नराम्रो झड्का बेहोर्नु परेको छ । यो लेख लेख्दै गर्दा पनि उपचारको लागि पालो कुर्नु पर्ने , अक्सिजन नपाएकै कारण  ज्यान गुमाएका र लास जलाउन कै लागि पनि पालो बस्नु पर्ने समाचारले विश्वका चर्चित मिडियामा स्थान जमाई रहेका छन् ।

      एक सचेत नागरिकको तर्फदेखि प्रदेशमा भएपनि मातृभूमि र नेपालीको जीउ ज्यान जोगाउन सकेको सहयोग गर्नु पर्छ भन्ने कुरा मनमा खेलिरहन्छ । भूगोल र राष्ट्र दूरिले टाढा भय पनि नक्सा र चित्र मन मै छापिदो रहेछ अटुट रूपमै । डेड बर्ष लामो यात्रामा कोरोना थाकेको छैन बरु झनझन मन्द्राउँदै गैरहेको छ । यो परिस्थितिलाई सामना गर्न एक्लै एक्लै बेग्ला बेग्लै आफ्नो ठाउॅंमा सुरक्षित हुनु पर्ने कुरा त प्रमुख छँदैछ । तर पनि दुखमा परेकाहरुलाई कसरी साथ दिएर सहयोग गर्न सकिन्छ त भन्ने क्रममा म जापान बासि सहयोगी मनका धनी केही साथिहरुसॅंग सॅंगै हातेमालो गर्दैछु । 

 पछिल्लो समय Helping Hand Japan Team को बारेमा नसुन्ने कमै हुनुहुन्छ होला । निःशुल्क र निःस्वार्थ रूपमा दुखी पीडितलाई सहयोग गर्नका लागि एक जुट भयको यो ग्रुप मार्फत मातृभूमिमा अक्सिजन अभावका कारण अकालमै ज्यान गुमाउने नेपालीहरूलाई सहयोग गर्नु पर्छ भन्ने सल्लाह भयो । त्यो कसरि सकिन्छ भन्ने क्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाबीर पुन सॅंग जोडिन पुग्यौँ । 
 प्रत्यक्ष संवादको आधारमा नेपालमा अहिले अक्सिजनसॅंग सम्बन्धित खास समस्या के हो त ? भनेर बुझेका थियौ । उहाका अनुसार :

  • नेपालमा अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्टहरु पर्याप्त मात्रामा छन्  तर सिलिन्डर छैनन् । 
  • कोरोना महामारी भन्दा अगाडि सिलिन्डर प्रयोग कर्ताले रोटेसन अनुसार प्रयोग गरिरहनु भयको र अहिले कोरोनाका बिरामी थपिएकाले थप सिलिन्डर  नेपालमा नहुनु नै प्रमुख कारण हो । 
  • भयका सिलिन्डरहरू पनि व्यापारीहरुले कालोबजारियाहरूले लुकाउनु छिपाउनु पनि समस्या कै रुपमा छ जुन काठमाण्डौ, धनगडि लगायत ठाउँका समाचार आई रहेका छन ।

अक्सिजन सिलिण्डरको लागि तत्काल के गर्न सकिन्छ त ? 

  • तत्कालका लागि गाउँघरमा बिना प्रयोगमा त्यस्ता सिलिन्डर छन भने कलेक्सन गर्ने र ग्यास भरेर वितरण गर्ने । 
  • हिमाल चढ्ने पर्वतारोहिले प्रयोग गर्ने अक्सिजन सिलिणडर पनि यो वेला काम लाग्ने हुदा यदि कतै कसैसॅंग भय कलेक्सन गर्ने र प्रयोग गर्न सकिन्छ । अहिले सम्म आबिस्कार केन्द्रले ४६ वटा कलेक्सन गरेको छ तर रेगुलेटर बिग्रियकाले रेगुलेटर मगाउनु पर्ने स्थिति छ । 
  • नेपाल सरकारले यो  लेख लेख्दासम्म चाईना बाट २०००० अक्सिजन सिलिन्डर ल्याउने तैयारि थालेको छ ।
  • यो बाहेक कार्वनडाई अक्साईडको सिलिन्डर २४ वटा नाईट्रोजन ग्यासको सिलिन्डर १० वटा संकलन गरियको छ । काम गर्छन वा गर्दैनन् परिक्षण गरिदै छ । 
  • त्यसै गरि खाना पकाउने ग्यासको पनि धेरै तिरबाट कुरा आयकोले परिक्षण गरियो तर काम नगर्ने रहेछ । बैज्ञानिक हिसावले भन्नु पर्दा अक्सिजन ग्यास सिलिण्डरको क्षमता १५०वार हुन्छ भने खाना पकाउने ग्यास सिलिण्डरले १७ बार पावर मात्र थेग्न सक्ने क्षमता हुन्छ । त्यसैले खाना पकाउने ग्यास सिलिण्डरमा धेरै अक्सिजन भर्न नमिल्ने हुँदा उपयोगि नहुदो रहेछ । अर्को बिकल्पको रुपमा अक्सिजन कन्सनट्रेटर हो । तर यो एउटै लाई ६०,००० देखि १००००० सम्म खर्चिलो हुने र एक जनालाई मात्र पोभाईड गर्न मिल्ने हुँदा अहिलेको परिस्थितिमा यस्लाई के गर्ने भन्ने छलफलकै बिषय हो । अक्सिजल कन्सन्ट्रेटर भनेको हावाबाट सिधै नाईट्रोजन र अक्सिजन छुट्याउने उपकरण हो । दमका रोगिलाई यसले ठुलो अर्थ राख्दछ। अहिले राष्ट्रिय आविष्कार केन्द्रमा बिभिन्न ठांउबाट ३५ वट अक्सिजन सिलिन्डर प्राप्त भयका छन । 

अन्त्यमा ,
यो लेख पढि सके पछि तपाई पनि स्वदेश बिदेश जहा हुनुहुन्छ नेपालमा आफ्नो गाउँघर आफन्त मेडिकल कार्यालय जहाँ भयपनि अतरिक्त अक्सिजन सिलिन्डर छ भने सामाजिक तहमा जो कसैलाई भय पनि सम्पर्क गराउनु होला । त्यो सिलिन्डर भोलेन्टियरले सम्बन्धित ठाउँमा पुर्याएर प्रयोगमा ल्याउनको लागि सहयोग गर्नु हुने छ । कोरोनाको विशम परिस्थितिमा यो सानो सहयोगले पिडितको लागि ठुलो राहत पुग्न सक्छ ।  

साथै परिस्थितिले अहिले अप्ठ्यारो मोड लिईराखेको छ । पक्कै पनि एक दिन सामान्य बनेर जाने छ । यो समयमा जो जहा छौ । तपाई रहेको स्थानिय नियमको पालना गरि आफ्नो दैनिकि चलाउनु होला । अति आवस्यक भन्दा बाहिर ननिस्कनु होला । समय आय पछि हामि सबैको पुरानो जस्तै भेट हुने नै छ । जुटेर हैन छुटेर एक्ला एक्लै बसेर सामना गरौ । सुरक्षित रहौ । धन्यबाद !  

यो लेख  राष्ट्रिय आविष्कार केन्द्रमा संस्थापक डा. महाबीर पुनसॅंग   Helping Hand Japan Team सोधिएका प्रशन उत्तरको आधारमा तैयार पारेको हुँ ।  (टोकियोमा रहेका पाेखरेले हेल्पिङ हेन्ड जापान टिमका एड्मिन हुनुहुन्छ )

 

२ बर्ष अगाडि

प्रतिक्रिया