देशभर थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबार  १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया