भर्खरै कारोबारमा आएको रु रु जलविद्युतको नाफा बढ्यो, कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं - चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु रु जलविद्युत् परियोजना लिमिटेडले ६ करोड १३ लाख १२ हजार खुद नाफा गरेको छ । 

कम्पनीको नाफा गत वर्षभन्दा करीब १३ प्रतिशतले बढेको हो । गत वर्ष सोहि अवधिसम्ममा कम्पनीले खुद नाफा ५ करोड ४३ लाख ४९ हजार आर्जन गरेको थियो । यस वर्ष कम्पनीको खुद नाफासँगै जगेडा कोष पनि १५० प्रतिशतले बढेर १२ करोड २७ लाख ५८ हजार पुगेको छ । 

कम्पनीले विद्युत् विक्रीबाट यस वर्ष १२ करोड २ लाख ९५ हजार आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी ११ करोड ७० लाख ९२ हजार रहेको छ । कम्पनीले गत चैतमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । 

कम्पनीले प्रिमियम सहित प्रतिकित्ता १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ६९ लाख ३४ हजार पुगेको छ ।

नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८५ पैसाबाट १८ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३३.४६ रुपैयाँ छ।

२ बर्ष अगाडि

प्रतिक्रिया