५० हजार नेपाली श्रमिक विदेशमा अलपत्र

२ बर्ष अगाडि

काठमाडौं - अन्तर्राष्ट्रिय हवाई सेवा बन्द हुँदा वैदेशिक रोजगारीका क्रममा रहेर स्वदेश फर्कनुपर्ने ५० हजार श्रमिक अलपत्र परेका छन् । दोस्रो लहरको कोेरोेना भाइसर तिब्र गतिमा फैलिए सँगै यसको नियन्त्रणका लागि सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने निर्णय गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १७ गतेसम्मको प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको सो अवधिसम्म ३ लाख ८१ हजार श्रमिक स्वदेश फर्किएको जनाएको छ । विगत एक महिनामा मात्र विभिन्न श्रम गन्तव्यबाट ६३ हजार १९१ श्रमिक स्वदेश फर्किएका छन् । 

यसरी फर्केनेमध्ये लामो कोरोना संकटपछि रोजगारी गुमाएका, करार अवधि समाप्त भएका र बिदामा आएका श्रमिक रहेका छन् ।
अन्तर्राष्ट्रिय उडान बन्द भएपछि करार अवधि सकिएका र घर बिदामा फर्किन टिकट लिएका कामदारले टिकटको अवधि सकिन लागेको भन्दै सम्बन्धित देशका कूटनीतिक नियोगमा श्रमिक भीड लाग्न थालेको छ । 

कतार दूताबासले करार अवधि सकिएका, अलपत्र परेका तथा मृतकको शव उद्दारको सहयोग माग गर्न आउने श्रमिकको संख्या बढदै गएको जनाएको छ । श्रम गन्तव्यका दूताबासहरूले हवाईसेवा लामो समय बन्द भए स्वदेश फर्कन तयारी गरिरहेका नेपालीलाई खान बस्नलगायतका समस्या बढ्दै जाने जनाउँदै वैकल्पिक व्यवस्था गर्न अनुरोध गर्दै आइरहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया