रोनाल्डोको अर्को किर्तिमान !

२ बर्ष अगाडि

पछिल्ला ९ वर्षमा पहिलोपटक युभेन्टस् इटालियन सिरिए उपाधिबाट विमुख बनेको छ । यसपटक इन्टर मिलानले उपाधि पक्का गरिसक्यो, तर रोनाल्डोको किर्तिमान राख्ने क्रम सकिएको छैन । 

उनले सासुलोविरुद्ध बुधबार पहिलो हाफ सकिनैं लाग्दा गोल गरेर युभेन्टस्लाई दुई गोलको अग्रता दिाए । युभेन्टस्का लागि यो रोनाल्डोको १ सयौं गोल हो । 

उनले क्लबमा आएको तेस्रो सिजनमै केवल १ सय ३१ खेलमा १ सय गोल गरेका हुन्, जोे आफैंमा किर्तिमान हो । क्लबमा रोबर्टो बाजियो र ओमर सिबेरीले ४ सिजनमा १ सय गोलको किर्तिमान पूरा गरेका थिए । त्यसबाहेक अन्य खेलाडीले युभेन्टस्का लागि कम्तिमा पाँचौ सिजनमा मात्र १ सय गोल पूरा गरेका थिए । 


पोर्चुगलका लागि अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोले १ सय ३ गोल गरिसकेका छन् । यसबाहेक उनले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा पनि १ सयभन्दा धेरै गोल गरेका थिए । यसरी, देश र तीनवटा फरक क्लबबाट १ सय गोल पूरा गर्ने पहिलो खेलाडीको किर्तिमान पनि रोनाल्डोले राखेका छन् ।

रोचक कुरा, रोनाल्डोले १ सय गोल पूरा गरेको सासुलोविरुद्धकै खेलमा युभेन्टस्का अर्का स्टार पाब्लो ड्याबलाले पनि १ सय गोल पूरा गरे । उनी युभेन्टस्को जर्सीमा १ सय गोल पूरा गर्ने पहिलो गैर युरोपेली खेलाडी हुन् । ड्याबला सन् २०१५ देखि युभेन्टस्मा आबद्ध छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया