५ हजार एमएएचको ब्याट्री भएको ‘रेड्मी नोट १० एस' र 'रेड्मी वाच' सार्वजनिक

बैशाख ३१, २०७८ | आजको अर्थ
ajaako_artha

साओमीले आफ्नो नयाँ स्मार्टफोन मोडल सार्वजनिक गरेको छ ।  साओमीले  भारतीय बजारमा  ‘रेड्मी नोट १० एस’  सार्वजनिक गरेको हो । 

५ हजार एमएएचको ब्याट्री र ३३ वाटको चार्जर रहेको फोनमा  ६.४३ इन्चको फूल एचडी प्लस एमोलेड सक्रिन रहेको छ । 

यसमा एन्ड्रोइड ११ आधारित एमआईयूआई १२. ५ प्रयोग भएको छ ।फोनमा ८० हर्जको टच स्याम्पलिङ रेट छ ।  

 यसमा १३ मेगापिक्सलको सेल्फी शुटर र क्वाड रियर क्यामेरा सेटअप छ । जसमा ६४ मेगापिक्सलको प्राइमेरी, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ को डेप्थ सेन्सर छ ।

नोट १० एसमा स्टेरियो स्पिकर र साइड माउन्टेड फिङ्गरप्रिन्ट अथेन्टिकेसन पनि छ । दुई स्टोरेज भेरियन्टमा उपलब्ध यी फोनको मूल्यको कुरा गर्दा ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १४ हजार ९९९ भारु रहेछ भने अर्को ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १५ हजार ९९९ भारतीय रुपैयाँ रहेको छ । 

यसबाहेक कम्पनीले भारतमा रेड्मी वाच पनि सार्वजनिक गरेको छ । कालो, निलो र आधभोरी रंगमा उपलब्ध यी फोनको मूल्य तीन हजार ९९९ रुपैयाँ रहेको छ । 

यसको फिचरको कुरा गर्दा यसमा १.४ इन्चको एलसीडी प्यानल छ । यसको रेजोलुसन ३२० गुणा ३२० पिक्सेल रहेको छ । यसले दुई सयवटा वाच फेसलाई सपोर्ट गर्दछ भने ४८० निट्सको ब्राइटनेस पिक यसमा पाउन सकिन्छ । यसको स्क्रिन ब्राइटनेस पनि स्वतः एडजस्ट हुने गर्दछ । टेकपाना 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८