इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीकोजित

२ बर्ष अगाडि

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हासील गरेको छ। शुक्रबार राति भएको खेलमा सिटीले न्यूक्यासल युनाइटेडमाथि ४–३ गोल अन्तरले जित हासील गरेको हो । 

न्यूक्यासलका लागि एमिल क्राफ्थले २५ औँ मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । ३९ औँ मिनेतमा क्यानसेलो तथा ४२ औँ मिनेटमा फेरान टोरेसले गोल गरेपछि म्यानचेस्टर सिटीले अग्रता लियो ।

पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा पाएको पेनाल्टीमा जोलिन्टन तथा ६२ औँ मिनेटमा विलकले गोल गरेपछि न्यूक्यासलले अग्रता बनायो । टोरेसले ६४ र ६६ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गर्दै म्यानचेस्टर सिटीलाई पुनरागमनसहित जित दिलाए ।

जितपछि उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । १६ औँ स्थानमा रहेको न्यूक्यासलको ३६ खेलबाट ३९ अंक छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया