५ हजार ५० एमएएचको ब्याट्री भएको 'रेड्मी नोट १० प्रो' नेपाली बजारमा, कति छ मुल्य ?

२ बर्ष अगाडि

साओमीको  ‘रेड्मी नोट १० प्रो’  नेपाली बजारमा सार्वजनिक भएको छ । साओमी नेपालले रेड्मी नोट १० प्रो म्याक्सलाई शुक्रबार सार्वजनिक गरेको हो । 

यो फोनमा ६.६७ इन्चको टचस्क्रिन डिस्प्ले छ । अक्टाकोर क्वालकम स्नापड्रागन ७३२ जी प्रोसेसरबाट सञ्चालित फोनमा ८ जीबी र्‍याम छ भने ५०५० एमएएचको शक्तिशाली ब्याट्री र फास्ट चार्जिङ सुविधा छ । यसमा ६ जीबी÷१२८ जीबी भेरियन्ट रहेको छ । 

क्वाड क्यामेरा सेटअप भएको यस फोनमा १०८ मेगापिक्सलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको सेकेण्डरी सेन्सर, अर्को पाँच र दुई मेगापिक्सेलका वाइड एंगल र म्याक्रो सेन्सर छ ।

रियर क्यामेरामा अटोफोकस सेटअप पनि छ भने यसको अगाडीतिर १६ मेगापिक्लसको सेल्फी क्यामेरा छ ।

तीन भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य नेपालमा  ३३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया