आफ्नो मृत्युको खबर सुनेर परेश रावलले भने : ''होइन..होइन.. धन्यवाद तपाईंको शुभकामनाका लागि'' !

२ बर्ष अगाडि

कोरोना कालमा कोही संसारबाट बिदा हुनु साधारण जस्तो भइसकेको छ । हरेक दिन कोही न कोहीको मृत्युको खबरले मन उदास हुने गर्छ । यसै कोरोना कालमा मृत्युको अफवाह पनि ट्रेन्डमा छ ।

केही दिन अघि शक्तिमान फेम मुकेश खन्नाको मृत्युको अफवाह उडेको थियो । यसै गरी शुक्रबार बिहान बलिउड दिग्गज परेश रावलको मृत्युको खबरले पनि निकै चर्चा पायो । सोसल मिडियामा परे रावलको मृत्युको खबर ट्रेन्ड हुन थाल्यो तर यो खबर एक अफवाह मात्रै हो ।

अफवाहमाथि हास्दै नायकले भने यस्तोः

परेश रावल फिल्म इन्डष्ट्रिमा एउटा ठूलो नाम हो । उनको निधनको खबर चर्चामा आएपछि उनीसँग काम गर्ने थुप्रै कलाकारसमेत प्रशंसक पनि चिन्तित भए । एक भारतीय सञ्चार माध्यमले परेश रावललाई ‘तपाईंको मृत्युको अफवाह उडिरहेको छ त’ भनेर प्रश्न सोध्दा उनी बेस्सरी हास्न थाले । परेश भन्छन्, ‘होइन।।।होइन।।। धन्यवाद तपाईंको शुभकामनाका लागि । तर सबैलाई भन्न चाहन्छु कि म ठिक छु र चिन्ता गर्नुपर्ने आवश्यक छैन ।’


स्मरण रहोस्, मार्च महिनामा परेश कोरोना पोजेटिभ पाइएका थिए । उनले ट्वीटरमा पछिल्लो १० दिनमा उनीसँगको सम्पर्कमा आउने सबैलाई आफ्नो कोरोना परीक्षण गराउन आह्वान गरेका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया