साओमीको फेक पेजबाट फेसबुक  प्रयोगकर्ताको गोप्य विवरण चोरी !

२ बर्ष अगाडि

पछिल्लो समय  फेसबुकमा साओमी नेपालको नाम र फोटो दुरुपयोग गर्दै फेक पेजबाट प्रयोगकर्ताको गोप्य विवरण चोरी भइरहेको पाइएको छ ।

उपहारको लोभमा त्यहाँ उपलब्ध गराइएको लिंकमा क्लिक गर्दा फिशिङ र स्क्यामको शिकार भइने भन्दै सुरक्षा जानकारहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

साओमी नेपालले पनि एक सूचना जारी गर्दै फेक पेजबाट अ अनुरोध गरेको छ । कम्पनीले त्यस्ता पेजमा मागिएको व्यत्तिगत विवरण र सूचना शेयर नगर्न सचेत गराएको छ । साथै कम्पनीले फेसबुकमा साओमी नेपालको आधिकारिक (निलो ब्याज भएको भेरिफाइड) पेज चेक गरेरमात्र जानकारी लिन अनुरोध गरेको छ ।

नेपाललगायत विभिन्न मुलुकमा सञ्चालन भएको यस्तो फेसबुक फिशिङ स्क्याममा लाखौं फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल चोरी भइरहेको छ । नेपालमा पनि नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल र नियामक दूरसञ्चार प्राधिकरणकै नाम र लोगो दुरुपयोग गरी प्रयोगकर्तालाई झुक्याउन स्क्यामिङ भइरहेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया