कोरोना कहर : ‘गंगूबाई काठियावाडी’का निर्मातालाई हरेक दिन तीन लाख घाटा

२ बर्ष अगाडि

काठमाडौं, अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन अनिश्चितकालका लागि रोकिँदा निर्माताले हरेक दिन तीन लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ । अब फिल्मको तीन दिनको मात्र छायांकन बाँकी छ, जुन आलियामाथि फिल्मांकन गरिएको एक गीतको ब्याकग्राउन्डको हिस्सा हो ।
 
जति बेला फिल्मको छायांकन रोकियो, त्यसबेला निर्देशक सञ्जय लीला भंसाली गीतको छायांकन पूरा गर्ने अन्तिम चरणमा थिए । निर्माताले मुम्बईको फिल्मसिटीमा एक भब्य सेट बनाएका छन्, जुन फिल्मको छायांकन पूरा नभएसम्म बचाएर राख्नुपर्नेछ । सेट सुरक्षित राख्न निर्माता द्वय सञ्जय लीला भंसाली र जयन्तीलाल गडाले हरेक दिन तीन लाख रुपैयाँ खर्च गरिरहेको बताइएको छ ।
 
भन्सालीले लकडाउन खुले लगत्तै छायांकन सुरु गर्न रिक्स नउठाउने बताएका छन् । ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि बनेको फिल्म मुम्बईको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा आधारित छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया