निर्धन उत्थान लघुवित्तको शेयर बिक्री खुला

२ बर्ष अगाडि

काठमाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रति कित्ता रु.५५० मूल्य तोकी १ लाख ५ हजार ५९२ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

शेयर खरिद गर्न इच्छुक व्यत्ती संघ संस्था तथा विद्यमान शेयर सदस्यले प्रति कित्ता दरभाउ तोकी आवेदन दिन सक्ने छन् ।

आवेदन आगामी जेठ २० गते सम्म दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदन बिक्री प्रबन्धक रहेको एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा दिनु पर्ने छ ।

खरिद गर्दा न्यनतम २ हजार कित्ताको लागी आवेदन दिन सकिने कम्पनी जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया