भारतमा कोरोनाका कारण एकैदिन मृत्यु हुनेको संख्या हाल सम्मकै उच्च

२ बर्ष अगाडि

भारतमा २४ घण्टामा २ लाख ६३ हजार ४५ जनामा कोरोना देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमितको संख्या २  करोड ५२ लाख २७ लाख ९ सय ७० पुगेको छ। त्यस्तै, सक्रिय संक्रमितको संख्या ३३ लाख ६९ हजार नाघेको छ। 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार तीन सय ४० जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी हो।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७८ हजार सात सय ५१ पुगेको छ। अझै लाखौ संक्रमित आईसीयूमा रहेका छन्। 

भारतको राजधानी दिल्लीमा संक्रमण दर घटे पनि अन्य राज्यमा भने बढ्दै गएको जनाएको छ। गाउँमा संक्रमण फैलिन थालेकाले झन जोखिम बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यस्तै भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन्।

अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा कुदिरहेको बिबिसीले जनाएको छ।

 भारतीय मौसम विभागले सोमवार गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो।

तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो। सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान हो।

२ बर्ष अगाडि

प्रतिक्रिया