मर्जर सम्बन्धी छलफल गर्न नेपाल सेवा लघुवित्त र विन लघुवित्तले साधारणसभा डाके

२ बर्ष अगाडि

काठमाडौं– नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्थाले आगामी जेठ २४ गते एकैसाथ वार्षिक साधारणसभा बोलाएका छन् ।

दुवै संस्थाले एक आपसमा गाभ्ने÷गभिने ( मर्जर) सम्बनधी प्रस्ताव पारित गर्ने छन् । साथै मूल्याङ्कनकर्ता बाट प्राप्त प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित समेत गर्ने छन् । मर्जर पछि बन्ने सञ्चालक समितिको लागी आफ्नो संस्था बाट प्रतिनिधिहरूलाई अनुमोदन समेत सभामा गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सेवा लघुवित्तको इन्द्रबती सामुदायिक सेवा केन्द्र फटहशीला सिन्धुपाल्चोक र विन लघुवित्तको संस्थाको शाखा कार्यालय कुपण्डोल ललितपुरमा बिहान ११ बजे बाट सुरु हुने दुबै कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया