नागरिक लगानी कोषको नाफा बढ्यो, तेस्रो त्रैमाससम्म ५९ करोड बढि कमायो

२ बर्ष अगाडि

काठमाडौं– नागरिक लगानी कोषले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्याङ्क हो ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ५६ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ३७ करोड ९४ लाख नाफा गरेको थियो । 

आम्दानीको तुलनामा कोषको खर्च न्यून दरमा बढेपछि खुद नाफामा सुधार देखिएको हो। गत वर्ष ७० करोड ८५ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ९९ करोड ५९ लाख आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ४०।५६ प्रतिशतले बढेको हो। 

कम्पनीको खर्च २ प्रतिशत मात्र बढेको छ ।  गत वर्ष २० करोड २६ लाख कुल खर्च गरेको कम्पनीले यस वर्ष २० करोड ६५ लाख गरेको छ । 

हकप्रद शेयर र बोनस शेयरमार्फत १२३ प्रतिशत चुक्तापूँजी बढाएको कम्पनीको चुक्तापूँजी ३ अर्ब छ ।  कम्पनीको जगेडा कोष ८३ प्रतिशत बढेर १३ अर्ब २६ करोड कायम भएको छ । जसको शेयर प्रिमियम रकम १ अर्ब २६ करोड ४८ लाख छ ।

कम्पनीले यस वर्ष गत वर्षभन्दा १४ प्रतिशत बढी लगानी गरेको छ । गत वर्ष  १ खर्ब ४२ अर्ब २५ करोड ८ लाख लगानी गरेको कम्पनीले यस वर्ष १ खर्ब ६२ अर्ब ४२ करोड ९ लाख ८७ हजार लगानी गरेको छ ।

खुद नाफा बढेपनि चुक्ता पूँजी अधिक बढाउँदा कोषको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ ३१ पैसा घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २६ रुपैयाँ तथा  प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया