नेपालमा पछिल्लो तिन दिनमा ५ सय ७२ को मृत्यु,  १८ हजार भन्दा बढी कोरोना मुक्त  !

२ बर्ष अगाडि

नेपालमा पछिल्ला तिन दिनमा २४ हजार भन्दा बढीमा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिनमा २४ हजार ७ सय ८२ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो । शनिबार ८ हजार १ सय ६७, आइतबार ७ हजार ३ सय ६८ र सोमबार सबै भन्दा धेरै ९ हजार २ सय ४७ संक्रमित थपिएका हुन् । 

संक्रमित सँगै कोरोना मुक्त हुनेको संख्या पनि तीब्र रहेको छ । पछिल्लो तिन दिनको आँकडा अनुसार १८ हजार ५ सय ९० ले कोरोनालाई जितेका छन् । आँकडा अनुसार शनिबार ५ हजार ४ सय ५५ , आइतबार ७ सय ६७ निको भएका छन् भने सबै भन्दा धेरै आइतबार ७ हजार ३ सय ६८  जना कोरोना मुक्त भएका छन् ।  

यस्तै पछिल्ला तिन दिनमा ५ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  शनिबार २ सय ३, आइतबार १ सय ४७  र सोमबार सबैभन्दा धेरै २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ रहेको छ । यस्तै ३ लाख ४५ हजार ५ सय २३ (७४.४ प्रतिशत) ले कोरोनालाई जितेका छन् । 

यस्तै नेपालमा कोरोनाका कारण ५ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् । 

 

२ बर्ष अगाडि

प्रतिक्रिया