‘देश गम्भीर संकटमा फस्दैछ' : भट्टराई

२ बर्ष अगाडि

जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । 

मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश संकटमा फस्न लागेको बताएका हुन् ।

‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीतिरकार्यक्रम र बजेट पास गर्न सक्छ न बैकल्पिक सरकार बन्न !’, डा भट्टराईले भनेका छन्,

‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टीरनेता निरीह/सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’

२ बर्ष अगाडि

प्रतिक्रिया