मन्त्रीका ठेकेदार छोराले भेन्टिलेटर नल्याएपछि वीर अस्पतालको ५ सय शैय्या ठप्प, करोडौँको ठेक्कामा लाखौँ घोटाला

जेठ ४, २०७८ | आजको अर्थ
ajaako_artha

देशमा महामारीले दिनहुँ दर्जनौँ मानिसको मृत्यु भइरहेका बेला उपप्रधानमन्त्री इश्वर पोख्रेल फेरी घोटालामा मुछिएका छन् । अघिल्लो पटक स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग कमिसनमा जोडिएका उनी यसपटक आफ्नै छोराको कम्पनीलाई भेन्टिलेटर खरिदमा दवाव दिएको काण्डमा मुछिएका हुन् ।

प्राप्त जानकारी अनुसार वीर अस्पतालको नयाँ ५ सय शैय्याको अस्पतालका लागि आवश्यक पर्ने भेन्टिलेटर खरिद गर्ने ठेक्का दबावका आधारमा मन्त्री पोखरेलका छोरा स्वराज पोखरेल संलग्न रहेको म्याक्सिम इन्कर्पोरेशन प्रालिलाई दिईएको छ । अस्पताल प्रशासनले कमिसनको लोभ र दवावका आधारमा खरिद प्रक्रिया नै मिचेर करिब ५ करोड रुपैयाँको भेन्टिलेटर र मोनिटर उक्त कम्पनिलाई दिएको हो ।

काठमाडौं महानगरपालिकाले वीर अस्पतालका लागि १५ वटा भेन्टिलेटर र ५० वटा भेन्टिलेटरमा प्रयोग हुने मनिटर खरिदका लागि रकम उपलब्ध गराउने सम्झौता भएको थियो । ति भेण्टिलेटर र मोनिटर खरिदमा म्याक्सिमले बजारभाउ भन्दा चर्को मूल्यमा खरिद गर्न ठेक्का पाएको छ ।

स्रोतका अनुसार म्याक्सिमले एउटा भेन्टिलेटर भ्याट बाहेक १९ लाख ८३ हजार २ सय ४० रुपैयाँमा किन्ने प्रस्ताव गरेको छ । बजारमा १७ लाख रुपैयाँ पर्ने भेन्टिलेटर महँगोमा किन्ने प्रस्तावमा वीरका उच्च तहका कर्मचारीले सहयोग गरेका छन् ।

वीरमा म्याक्सिमले १ लाख २९ हजार रुपैयाँ पर्ने भेन्टिलेटर मनिटरलाई २ लाख रुपैयाँमा किन्ने प्रक्रिया थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार शिक्षण अस्पतालमा पनि म्याक्सिमले नै भेन्टिलेटरलगायतको उपकरण खरिद गरेको छ ।

उपप्रधानमन्त्री तथा सिसिएमसीका अध्यक्ष रहेका ईश्वर पाखरेलकै प्रत्यक्ष निर्देशनमा उक्त कम्पनिलाई उपकरण खरिदको ठेक्का दिइएको स्रोत बताउँछ ।

वीरको नयाँ भवनको भेन्टिलेटर खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै विरोध जनाएपछि केही समय रोकिएको थियो । पोखरेलकै पुत्रको समलग्नता रहेको कम्पनिलाई दिनुपर्ने भन्दै महानगरपालिकाले नै भाँजो हालेको स्रोतको दाबी छ ।

वीर अस्पतालमा अक्सिजन र भेन्टिलेटर उपलब्ध भए ५ सय बेडको नयाँ अस्पताल गत हप्ता आइतबारदेखि सञ्चालनमा गर्ने भनिएको थियो । तर, सरकारी लाचारीका कारण हजारौँ नागरिक सडकमै मृत्युवरण गर्नुपर्दा समेत यो भवन हेरेरै बस्नुपर्ने अवस्था आएको छ । नयाँ भवनमा अक्सिजन भेन्टिलेटर र मनिटरको अभाव कारण हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८