नमस्ते फोनका तीनवटा टावर एकैपटक सञ्चालनमा

२ बर्ष अगाडि

तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार सेवाको असुविधा भोग्दै आएको गाउँपालिकाले एकैपटक ‘टु जी’ इन्टरनेट सेवासहितका तीनवटा नमस्ते मोवाइल फोन सेवाका टावर सञ्चालनमा ल्याएको हो ।

भौगोलिक विकटताका कारण विगतदेखि नै फोन सेवाको समस्या भोग्दै आएको मुड्केचुलामा करीब ४२ लाख खर्चमा नमस्ते सेवाका मोवाइल तीनवटा टावर एकैपटक सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । “टावर निर्माणका लागि आवाश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराएको हो, निर्माणस्थलसम्म सामान ढुवानी गर्न तथा जडानका लागि लागेको सबै रकम गाउँपालिकाले खर्च गरेको छ”, अध्यक्ष शाहीले भने ।

टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा सञ्चार सेवामा जोडिनुका साथै जाजरकोट र रुकुम केही क्षेत्रमा पनि फोनले राम्रो काम गर्ने गरेको अध्यक्ष शाहीले बताए । गाउँपालिका भित्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा गरिएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया