३१.८७ अंकले बढेको नेप्सेमा ८ अर्बभन्दा बढीको कारोेबार, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलवार) नेप्सेमा कारोबारको तेस्रो घण्टामा  ३१.८७ अंकले बढेर २७९१.०८ विन्दुमा पुगेको छ । 

२ बजेसम्म कारोबारमा आएका  २१३ ओटा रू ८ अर्ब ६ करोड २० लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्,  वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४७ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६८५ मा कारोबार भइरहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया