गणपति लघुवित्तको बोनस शेयर  शेयरधनीको डिम्याट खातामा

२ बर्ष अगाडि

काठमाडौं, गणपति लघुवित्त वित्तीय संस्थाले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १३ गतेसम्म शेयर डिम्याट गराएकाहरुको १५ प्रतिशत बोनस सेयर खातामा पठाइदिएको हो । 

यस्तै, फागुन १३ गतेपछि डिम्याट गराएकाहरुको पनि बोनस खातामा जम्मा गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । 
 
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । कम्पनीको गत फागुन २८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया