छ्याङ्दी हाइड्रोपावर सहित तीन कम्पनीको हकप्रद शेयर बिक्रीमा आउँदै

२ बर्ष अगाडि

काठमाडौं, छ्याङ्दी हाइड्रोपावर सहित तीन कम्पनीको हकप्रद शेयर बिक्रीमा आउने भएको छ । 

छ्याङ्दी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक गरी तीन कम्पनीको ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा आउने भएको हो ।

पूँजी वृद्धिका लागि तीनवटा कम्पनीले ११ अर्ब ३८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ११ करोड ३८ लाख ९३ हजार २५ कित्ता शेयर जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै ११ अर्बको हकप्रद जारी गर्नका लागि आवेदन दिएको छ । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले ३० करोड र छ्याङ्दी हाइड्रोपावरले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने अनुमति माग गरेका हुन् ।

बोर्डका अनुसार एचआईडिसीएलले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर जारी गर्न २०७७ चैत्र १२ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ः१.५ अनुुपातमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद निष्काशनका लागि २०७७ पुस २६ गते अनुमति माग गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया