सर्वोच्चको फैसला: प्रधानमन्त्रीले फेरि सपथ लिनुनपर्ने

मंगलबार, ०४ जेठ २०७८, १५ : ०९

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ बदरको गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

 प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलाशले दिएको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो रु आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ।’ 

सर्वोच्चको यस्तो फैसलासँगै अब प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने भएको छ ।

मंगलबार, ०४ जेठ २०७८, १५ : ०९

प्रतिक्रिया