शिवम् सिमेन्टद्वारा हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

२ बर्ष अगाडि

शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

कोरोना भाईरस COVID - 19  का कारण स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थितीलाई मध्य नजर गर्दै कम्पनीले हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वागमती प्रदेशको श्री मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान CCU Bed तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सले हस्तान्तरण गरेको हो । 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ । “प्राणवाय’ अक्सिजन सहितका सिलिण्डर, मेडिकल बेड, CCU Bed, Monitor Equipment  समेतको यी स्वास्थ्य सामाग्री अभावका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने छ भन्ने आशा एवं विश्वास कम्पनीले लिएको छ” कम्पनी प्रतिनिधी बताए । 

यस अघि पनि यस किसिमका महामारी, दैविप्रकोपमा राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको कम्पनिले जनाएको छ । 

 

 

facebook sharing button

twitter sharing button

pinterest sharing button

sharethis sharing button

२ बर्ष अगाडि

प्रतिक्रिया