दिनौ नयाँ रेकर्ड बनाउँदै नेप्से, कारोबार रकम पनि नयाँ उचाईमा

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

कारोबारको अन्तिम समयसम्म आउँदा ३४.६८ अंकले बढेर २७९३.८९ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ । 

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये १ उपसमुह ओरालो लागेको छ भने बाँकी  उपसमुह बढेका छन। 

यस्तै, ३ बजेसम्म् कारोबारमा आएका २१५ कम्पनीको  २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर १ लाख १५ हजार ९६१ पटक किनबेच हुँदा ११ अर्ब ३५ करोड ९३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया