समुद्री आँधीको प्रभाव नेपालमा पनि, सगरमाथामा  के हुँदैछ ?

२ बर्ष अगाडि

पूर्वीमध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी टाउटेको प्रभाव नेपालको हिमालय क्षेत्रमा पनि पर्ने मौसमविद्हरूले बताएका छन्। त्यसबाट यो साता सगरमाथा आरोहण पनि प्रभावित हुने देखिएको पर्वतारोही र नेपाली अधिकारीहरूले बताएका छन्।

दुई सयभन्दा बढी आरोहीहरू बुधवार र बिहीवार सर्वोच्च शिखर पुग्ने लक्ष्यसहित आधारशिविरबाट उकालो लागेका थिए।

तर समुद्री आँधीका कारण मौसममा परिवर्तन हुने भएपछि उनीहरूले अर्को अनुकूल समयको प्रतीक्षा गर्नुपर्ने भएको बिबिसीले जनाएको छ।  

पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले मङ्गलवार औपचारिक रूपमा आरोहण दलहरूलाई ूसतर्क रहन र सम्भव भएसम्म उकालो नलाग्न र माथि रहेकालाई समेत सुरक्षित स्थलमा झार्नू आग्रह गरिएको बताइन्। 

एघार दिनअघि सगरमाथाको चुचुरोमा डोरी टाँग्दै यस यामको पहिलो आरोहण भएको थियो। त्यसपछि अहिलेसम्म झन्डै १५० जनाजतिले सगरमाथा आरोहण गरिसकेको नेपाली अधिकारीहरूको अनुमान छ।

२ बर्ष अगाडि

प्रतिक्रिया