धुर्मुस सुन्तली फाउन्डेसनद्धारा ५० थान अक्सिजन सहयोग

२ बर्ष अगाडि

काठमाडौं, कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालमा अक्सिजनको हाहाकार भएपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका हुन् । 

धुर्मुस सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको कलाकार कट्टेलले फेसबुकमार्फत् जानकारी दिएका छन् । 
 
२०७२ सालमा गएको विनाशकारी महाभूकम्पपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका सिताराम केही वर्षदेखि भरतपुर चितवनमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि दिनरात नभनि खटेका छन् । २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ बाट अभिनयमा कमब्याक गरेका उनी रंगशाला निर्माणपछि अभिनयलाई निरन्तरता दिने सोचमा छन् ।
 
 

२ बर्ष अगाडि

प्रतिक्रिया