माछापुच्छ्रे बैंकको एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा

मंगलबार, ०४ जेठ २०७८, १७ : १९

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले आमनागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्। उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाखसम्मको रकम प्रदान गर्नेछ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नेछन्। हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकले अनलाइन आवेदन दिन सक्नेछन् ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ । 

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुविधाहरु संचालनमा ल्याउँदै आएको जनाएको छ।

मंगलबार, ०४ जेठ २०७८, १७ : १९

प्रतिक्रिया