साउदीमा तीन वटा चाटर्ड उडान हुने

२ बर्ष अगाडि

काठमाडौं– नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो ।

एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ ।

उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया